चितवनबाट हेलिकोप्टरमार्फत सुकुटे पुगे प्रचण्ड



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौँ, १६ फागुन । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुग्नुभएको छ । चितवनको कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका प्रचण्ड उतैबाट हेलिकोप्टरमार्फत सुकुटे जानुभएको हो ।

शनिबारदेखि सुरु हुने सुकुटे महोत्सवको उद्घाटन गर्न नेकपा अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो नै सुकुटे पुग्नुभएको हो ।

नेकपामा राजनीतिक तनाव चुलिएको अवस्थामा प्रचण्ड हेलिकोप्टर मार्फत सिन्धुपाल्चोक पुग्नुभएको हो । यसअघि पनि राजनीतिक तवान चुलिएको बेला प्रचण्ड सुकुटे जाने गर्नुभएको थियो ।

प्रचण्डसँग उहाँका छोरी गंगा दाहाल सहितको टोली सुकुटे पुगेको छ । साथै अध्यक्ष प्रचण्डले सुनकोशीमा र्याफ्टिङ पनि गर्नुभएको दाहाल स्रोतले जानएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com