इरानमा कोरोना भाइरसको कारण राष्ट्रिय महिला खेलाडीको ज्यान गयो



प्रकाशित मिति : Feb 28, 2020

एजेन्सी, १६ फागुन । कोरोना भाइरसको संक्रमणका काराण इरानी महिला फुटसल राष्ट्रिय टोलीकी खेलाडी एल्हाम शेखीको ज्यान गएको छ ।

दशदिन अघिबाट उपचाररत रहेकी शेखीको शुक्रबार ज्यान गएको हो । राष्ट्रिय टोलीकी सदस्य २२ वर्षीया शेखीको ज्यान गएसँगै इरानी फुटसल टिम शोकमा परेको छ ।

यसका साथै कोरोना भाइरसका कारण इरानमा सबै खेलकुद कार्यक्रमहरू रोकिएको स्थानीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com