आईभोमीको चारवटा मोडलका मोबाइल बजारमा



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौँ, १६ फागुन । नेपालको आधिकारीक बिक्रेता प्राइड इम्पोर्ट एक्सपोर्ट टेड प्रा.लि.ले आईभोमीका चार वटा नयाँ ब्रान्डको मोबाइल बजारमा ल्याएको छ ।

काठमाडौँको न्यूरोडमा रहेको बिरा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कम्पनीले चारवटा नयाँ ब्रान्डको मोबाइल सार्वजनिक गरेको हो । हालसम्म आईभोमीले ८ वटा मोडल बजारमा उपलब्ध गराएको छ ।

कम्पनीले आईभी १०१, आई १, आई १ एस र आई २ मोडलको मोबाइल सार्वजनिक गरेको हो । मोबाइलको एक हजारदेखि १७ सयसम्म मूल्य रहेको छ ।

आईभोमीले नेपालमा राम्रो स्थान ओगट्ने कुरामा कम्पनी विश्वस्त रहेको नेपालका लागि कन्ट्री म्यानेजर विनय जोशीले बताउनुभयो । कम्पनीले आईभोमी मोबाइल भारत, नेपाल, बंगलादेश, फिलिपिन्स यु एई र केही अफ्रिकी देशहरुमा आफ्नो व्यापार सुरु गरिसकेको अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार सम्मलेनमा कम्पनीका नेशनल सेल्स म्यानेजर झविन्द्र भण्डारीले आईभी ब्रान्डले नेपाली बजारमा मोवाइल फोन मात्र नभएर मोबाइल एसोसेरिज मल्टिमिडिया स्पिकर र इलेक्ट्रोनिक्स गाडी चाँडै नै ल्याउन लागेको समेत जानकारी दिनुभयो । आईभोमीले चारवर्ष पहिले चीनबाट इलेक्ट्रोनिक्स सामान उत्पादन सुरु गरेको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com