अमेरिकी दूतावासको कर्मचारी हुँ भन्दै लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौँ, १६ फागुन । अमेरिकी दूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो । खड्काले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकी दूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगि गरेको पीडितको उजुरीका आधारमा पक्राउ गरेको हो ।

खड्काले अहिले सम्म १० जना भन्दा बढी व्यक्तिसँग अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म ठगी गरेको खुल्नमा आएको छ । पीडितका अनुसार विभिन्न प्रलोभन देखाएर आफुहरुबाट पटक पटक पैसा लिएको बताएका छन् ।

पक्राउ परेका खड्का अमेरिकी राजदूतावासको आइडि कार्ड देखाएर दुतावासमा काम गर्ने मान्छे हो दावी गरेकाले विश्वास गरेर पैसा दिएको पीडित बताउँछन् ।

खड्काले पटक पटक शंका लाग्ने किसिमको व्यवहार गरेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । रकम दिने वेलामा खड्काको फोटो खिचेको आधारमा आफुहरुले प्रहरीमा उजुरी दिएको समेत उनिहरुले बताए । यता, प्रहरीले भने खड्कालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com