सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु



प्रकाशित मिति : Feb 28, 2020
  • राजन परियार,

सिन्धुली, १६ फागुन । सिन्धुलीमाढीमा ‘सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ । १८ गतेसम्म चल्ने यस प्रतियोगितालाई जिल्ला व्याडमिन्टन संघ सिन्धुलीले आयोजना गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रवार एक समारोहकाबीच यस प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । यस प्रतियोगिता मेन्स सिंगल, मेन्स डबल, भेट्रान्स डबल र मिक्स डबल विधामा सञ्चालन हुने जिल्ला व्याडमिन्टन संघ सिन्धुलीका सचिव दीपेन्द्रध्वज बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने खेलाडीलाई ५० हजार रुपैयाँले पुरस्कृत गरिनेछ । त्यस्तै, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

यस प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, बुटवल व्यडमिन्टन क्लब, सशत्र प्रहरी क्लब, जेष्ठ व्याडमिन्टन एकेडेमी, नेपाल प्रहरी क्लब, बुढासुव्बा व्याडमिन्टन क्लब, चन्द्रागिरी व्याडमिन्टन क्लब, गण्डकी व्याडमिन्टन क्लब, बर्दिवास व्याडमिन्टन क्लबलगाएत एक सय दश टिमबीच प्रतिस्पर्धा हुनेछ ।

सिन्धुलीबासी र नेपाली सेनाको सहकार्यमा विभिन्न कालखण्डमा ठूलो युद्ध विजयी गर्न सफल भएको प्रधानसेनापति पुर्णचन्द्र थापाले बताउनुभयो ।

हरिहरपुरगढी–सिन्धुलीगढी एकीकृत पदमार्ग निर्माणसँगै नेपाली सेनाले मकवानपुर–सिन्धुली–उदयपुरगढी निर्माण गर्ने प्रधानसेनापति थापाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com