मुख्यमन्त्री पौडेलद्वारा मैनालीको स्वास्थ्यलाभको कामना



प्रकाशित मिति : Feb 28, 2020

हेटौँडा, १६ फागुन । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सवारी दुर्घटनामा घाइते हुनुभएका नेकपा (माले) का महासचिव सिपी मैनालीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

आज एक सन्देश प्रकाशित गरी मुख्यमन्त्री पौडेलले रहनुभएका मैनाली र परिवारको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

“विसं २०२८ मा भएको चर्चित झापा आन्दोलनका सशक्त योद्धा तथा त्यस आन्दोलनपछि गठित नेकपा (माले) हुँदै नेकपा (एमाले) र पुनः नेकपा (माले) मा रही नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिनुहुने नेपाल सरकारका पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका मैनालीलगायत उहाँका परिवारका सदस्य एवं उक्त दुर्घटनामा घाइते सम्पूर्ण महानुभावको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com