राष्ट्रियसभा मनोनयन प्रकरण : प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपाल छलफलमा



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुग्नुभएको छ ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न नेता नेपाल शुक्रबार दिउँसो बालुवाटार पुग्नु भएको हो ।

बिहीबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा नेता नेपालसहित नेकपाका चार नेताबीच छलफल भएको थियो । त्यसको एक दिन नवित्दै नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुग्नु भएको हो ।

पछिल्लो केहि दिन यता नेकपामा अन्तर संघर्ष चुलिएको छ । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउने बिषयका कारण नेकपाका शीर्ष नेताहरुबीच मत बाझिएपछि पार्टीमा आन्तरिक संघर्ष चुलिएको हो ।

बुधबार नेकपा अध्यक्षद्वय ओली र दाहालसहित बसेको नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

त्यसको केही समयपछि प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर उपाध्यक्ष गौतमलाई सिफारिस गर्न नसकिने बताउनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com