इनरुवामा रात्रिकालीन भलिबल सुरु



प्रकाशित मिति : Feb 28, 2020
  • अमर काफ्ले,

इनरुवा, १६ फागुन । सुनसरीको इनरुवामा मेयरकप रात्रिकालीन भलिबल प्रतियोगिता सुरु भएको छ ।

तीन विभागीयसहित ८ टिम सहभागी राष्ट्रिय भलिबल प्रतियोगितको इनरुवा नगरपालिका प्रमुख राजन मेहताले उद्घाटन गरेका छन् ।

प्रतियोगितालाई शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाले संयुक्त रुपमा सञ्चालनमा ल्याएको हो ।

आयोजकले यस अघिका दुई संस्करण दिउँसोको समयमा खेलाइएको थियो । इनरुवामा सम्पन्न अन्य रात्रिकालीन खेलमा देखिएको दर्शकहरुको उत्साहलाई मध्यनजर गर्दै भलिबल प्रतियोगिता रातिको समयमा आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सुबास राईले बताए ।

प्रतियोगिताको उद्घाटन गरिएपनि औपचारिक खेलहरु भने भोलि बेलुकीबाट मात्र सुरु हुनेछन् । उद्घाटन सत्रसँगै झापा र सुनसरी महिला भलिबल टिमबीच सो–म्याच खेलाइएको छ । जसमा झापा महिला टिम विजयी बनेको छ ।

प्रतियोगिताको बिजेताले ट्रफीसहित नगद रु १ लाख पचास हजार पाउनेछ । उपबिजेता टोलीले ७५ हजार पुरस्कार हात पार्ने छ ।

प्रतियोगितामा विगागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी र एपीएफसहित सोलुखुम्बु, झापा, सुनसरी, इनरुवा र आयोजक टिमले सहभागिता जनाउँदै छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com