साताको सेयर : करिब १८ अर्ब रुपैंयाको कारोबार



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौँ, १६ फागुन । साताभरमा शेयर बजार परिसूचक नेप्से १ सय ८७ दशमलव ६ अंकले बढेको छ । करिब १ हजार ६ सय ३२ अंकको बिन्दुमा कायम भएको यस साताको बजारमा करिब १८ अर्ब ६३ करोड रुपैंया बढीको कारोबार भएको छ ।

शेयर बजार परिसूचक नेप्सेमा यस साता नयाँ रेकर्ड कायम भएको छ । नेप्सेले एक सातामै करिब १८ अर्ब ६३ करोड रुपैंया बराबरको कारोबार गरेको छ । जुन नेपाली शेयर बजार इतिहासमै सबै भन्दा बढि कारोबार गर्ने साता हो । यस साता नेप्से १ सय ८७ दशमलव ६ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १ सात अंकको विन्दुमा कायम भएको छ ।

यस साताभरमा नेप्से सोमबार बाहेक अन्य सबै दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ६९ दशमलव ५ छ अंकले बढ्दै १ हजार ५ सय ४ दशमलव १ चार अंकको विन्दुमा पुगेको थियो भने करिब ३ अर्ब ६० करोड रुपैंया बराबरको कारोवार भएको थियो ।

सोमबार नेप्से परिसूचक १ दशमलव ९ छ अंकले घटेर १ हजार ५ सय २ दशमलव १ आठ अंकको विन्दुमा कायम भएको थियो भने करिब ३ अर्ब ४१ करोड रुपैंया बराबरको कारोवार भएको थियो ।

मंगलबारको बजारमा करिब २ अर्ब ९९ करोड रुपैंयाको कारोबार भएको थियो भने नेप्से ४३ दशमलव शुन्य २ अंकले बढ्दै १ हजार ५ सय ४५ दशमलव १ नौ अंकको विन्दुमा कायम भएको थियो ।

बुधबार भने शेयर बजारको इतिहास मै पहिलो पटक सबै भन्दा धेरै दैनिक कारोबार गरेको थियो । यसदिन शेयर बजार परिसूचक नेप्से ५० दशमलव ९ तिन अंकले बढेर १ हजार ५ सय ९६ दशमलब ४ तिन अंकको विन्दुमा कायम भएको थियो ।

बुधबार शेयर बजारमा करिब ४ अर्ब १५ करोड रुपैंया बराबरको कारोबार भएको थियो । त्यसैगरी साताको अन्तिम कारोबारको दिन बिहिबार भने ३६ दशमलव शुन्य ५ अंकले बढ्दै १ हजार ६ सय ३२ दशमलव १ सात अंकको विन्दुमा पुगेको थियो ।

बिहिबार बजारमा करिब ४ अर्ब ४६ करोड रुपैंया बराबरको कारोवार हुदा बजारले हालसम्म कै नयाँ रेडर्क कायम गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com