गोकुल बाँस्कोटाद्वारा विजयप्रसाद मिश्रविरुद्ध गाली बेइज्जतीविरूद्ध मुद्दा दायर



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौँ, १६ फागुन । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको छ । उहाँले झुट्टा लाञ्छना र गाली बेइज्जती गरिएको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्नुभएको हो ।

‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।, सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ ।

शुक्रबार दिउँसो आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाडौंमा न्याय माग्दै मुद्दा दायर गरेको जानकारी बाँस्कोटाले दिनुभएको छ । उहाँले दायर गरेको मुद्दामा विजयप्रसाद मिश्रलाई प्रतिवादी बनाइएको छ ।

मन्त्री बाँस्कोटाको सेक्युरिटी प्रिन्टर खरिदका लागि ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट बाँस्कोटाले गत बिहीबार नैतिकताको आधार जनाएर राजीनामा दिनुभएको थियो । खरिद प्रकरणमा भएको मोलमोलाई र कमिसनका कुराकानी मिश्रले सञ्चार माध्यममार्फत सार्वजनिक गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com