कुबेतमा पनि ४३ जनामा कोरोना भाइरसको संक्रमण



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौँ, १६ फागुन । चीनको उहान प्रान्तबाट फैलिएको नोबल कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ ।

यो रोगको संक्रमणले कुवेतमा समेत छोएको छ । गएको सोमबार पहिलोपटक एक व्यक्तिमा देखिएको कोरोनाको संक्रमण फैलिएर ४३ जना संक्रमित भएको पुष्टि भएको छ ।

छिमेकी देश इरानमा कोरोनाबाट मानिसहरुले ज्यान गुमाएपछि इरानसँगको हवाइ सेवा बन्द गरेपनि कुबेतमा कोरोना देखिएको हो । कोभिड–१९ का कारण छिमेकी इरानमा २६ जनाको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com