मोबाइल व्यवसायीद्धारा विद्यालयलाई सहयोग



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौं, १६ फागुन । स्थापनादेखिनै सामाजिक कार्यमा सक्रिय रहँदै आएको कोटेश्वर मोबाइल व्यवसायी संघले सिन्धुलीको एक विद्यालयलाई शैक्षिक समाग्री हस्तान्तरण गरेको छ ।

संघले शुक्रबार सिन्धुलीको सुनकोशी गाउँपालिका स्थित पञ्चकन्या माध्यामिक विद्यालयलाई सहयोग स्वरुप शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । कम्प्यूटर ५ थान, विज्ञान प्रयोगशालाका सामग्री ६१ थान, विभिन्न विधाका पुस्तक २ सय १७ थान र खेलकुद सामग्री गरी ३ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको संघका अध्यक्ष भरत भट्टराईले जानकारी दिनुभयो ।

व्यवसायीहरुको हकहितका लागि स्थापना भएको संस्था भए पनि सामाजिक उक्तरदायित्वको रुपमा विभिन्न व्यक्ति तथा संघ संस्थालाई सहयोग गर्दै आएको अध्यक्ष भट्टराईको भनाइ छ ।

काठमाडौंको कोटेश्वर क्षेत्रमा मोबाइल व्यवसाय गरिरहेका ४१ जना व्यवसायी मिलेर बनेको संघले विभिन्न समयमा रक्तदान, सरसफाइ तथा व्यवसायीक हकहितका विषयमा छलफल लगायतका काम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com