२० हजार घुससहित वडा सचिव अख्तियारको फन्दामा



प्रकाशित मिति : Feb 28, 2020
  • घनश्याम मिश्र

जनकपुरधाम, १६ फागुन । धनुषाको धनौजी गाँउपालिका वडा -२ का सचिव सुशील ठाकुर २० हजार घुससहित अख्तियारको फन्दामा परेका छन् ।

सचिव ठाकुरले जन्म प्रमाणितको सिफारिस दिए वापत २० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो ।

ठाकुरलाई २० हजार रुपैयाँ लिइसकेको अवस्थामा रकम सहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनलाई बिहीबार नियन्त्रणमा लिएको जनाइएको छ ।

सचिव ठाकुरलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com