पर्सामा फ्लूका बिरामी बढे



प्रकाशित मिति : Feb 28, 2020
  • इरफान अली

वीरगंज, १६ फगुन । पर्सामा बढ्दो गर्मीका कारण फ्लु बिरामीहरुको बढेका छन् । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरोका बिरामीहरूको संख्या बढेको हो । गर्मी बढिरहेको अवस्थामा टाउको दुख्ने, हातखुट्टा, जीउ दुख्ने र ज्वरो आउने तथा रुघाखोकी जस्ताका विरामी बढीरहेका छन् ।

फ्लूको संक्रमण बढेसंगै पर्साका स्वास्थ्य केन्द्रहरुमा बिरामीको चाप बढीरहेको छ । नारायणी उपक्षेत्रीय अस्पतालका डाक्टर राकेश तिवारीका अनुसार पछिल्लो समय अस्पातालमा फ्लूका बिरामीको संख्या बढेको छ । डा. तिवारीका अनुसार अस्पतालमा आउने बिरामीहरूमध्ये ८० प्रतिशतमा फ्लूको संक्रमण देखिएको छ ।

फ्लूले सामान्य स्वास्थ्य स्थिती भएका मानिसमा भन्दा मधुमेह, दम र अन्य दीर्घरोग भएका तुरुन्तै लाग्न सक्ने डाक्टरहरुले धारणा छ ।

फ्लूबाट जोगिन के गर्ने
रुघाखोकी लाग्दा पटक-पटक साबुनपानीले हात धुने, नाक-मुख छोप्ने, टिस्यू पेपर वा रुमालले नाक-मुख पुछ्ने, हात नधोई बारम्बार नाक, मुख र आँखामा हात नपुर्‍याउने, संक्रमित व्यक्तिबाट टाढै रहने ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com