महासचिव मैनाली सवार कार दुर्घटना नियोजित भएको मालेको दाबी



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौं, १६ फागुन। नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको दाबी गरेको छ ।

पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘झापामा पारिवारिक भेटघाट गरी फर्किनुभएका माले महासचिव मैनाली सहित परिवारका सदस्य सवार कार दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वाभाविक र सुनियोजित देखिन्छ । हामी सरकारसँग अविलम्ब उक्त दुर्घटनाको तथ्य तथा त्यस अन्तर्निहित दुर्नियत योजनाको छानबिन गराइ सत्यतथ्य जनतासमक्ष ल्याउन र दोषी उपर कारबाही गर्न माग गर्दछौँ ।’

This image has an empty alt attribute; its file name is male-768x420.jpg

बिहीबार महोत्तरीको बर्दिबासस्थित रातु पुलमा मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरित दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक-आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा मैनाली गम्भीर घाइते बन्नुभएको थियो ।

हाल उहाँसहित अन्य घाइतेहरूको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com