लामाे विवादपछि एमसीसी सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा पुग्याे श्रीलंका



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौं, १६ फागुन । श्रीलंकाकाे मन्त्रिपरिषदले अमेरिकी सहयाेग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्ने निर्णय गरेकाे छ । नेपालमा जस्तै श्रीलंकामा पनि एमसीसी तीव्र विवादमा परेपछि यथास्थितिमा कार्यान्वयन गर्न नसकिने निर्णय गरेकाे हाे ।

श्रीलंकामा पनि लामाे विवाद र बहसपछि त्यहाँकाे सरकारले एमसीसी सम्झौताको पुनरावलोकन गर्न ४ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिकाे प्रतिवेदनले यथास्थितिमा पारित गर्न नहुने सुझाव दिएकाे थियाे ।

श्रीलंकन प्रधानमन्त्री महिन्दा राजापाक्छेले समितिकाे प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरेपछि मन्त्रिपरिषदले शुक्रबार एमसीसी अघि नबढाउने निर्णय गरेकाे हाे । सम्झौता नै अपारदर्शी रहेकाे भन्दै साे सम्झाैता कार्यान्वयन गर्न नसकिने निष्कर्षमा मन्त्रिपरिषद पुगेकाे थियाे । त्यहाँका संविधान र अन्य कानूनको उल्लंघन गरेर राष्ट्रहित विपरीत सम्झाैता रहेकाे ठहर गरिएकाे छ ।

नेपालमा पनि संविधानभन्दा माथि रहने गरी राष्ट्रविपरीत रहेकाे एमसीसी सम्झाैताकाे तीव्र विराेध भइरहेकाे छ । यसकाे अध्ययनका लागि सत्तारूढ नेकपाले एक कार्यदल गठन गरेकाे थियाे, जसले पनि एमसीसी राष्ट्रहितमा नरहेकाे भन्दै यथास्थितिमा पारित नगर्न सुझावसहित प्रतिवेदन सरकारलाइ बुझाइसकेकाे छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com