विश्वसम्पदा क्षेत्रमा ६ सय संरचना मापदण्डविपरीत



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौं, १६ फागुन । काठमाडौं उपत्यकाभित्र रहेका सात विश्वसम्पदा स्थलमा ५ सय ९९ संरचना मापदण्ड विपरीत बनेको पाइएको छ। तीमध्ये अधिकांश निजी घर रहेका छन्। पुरातत्व विभाग विश्वसम्पदा संरक्षण शाखा प्रमुख डा. सुरेशसुरश श्रेष्ठका अनुसार तीमध्ये सबैभन्दा बढी भक्तपुर दरबारक्षेत्रमा रहेका छन्।

भक्तपुर दरबार क्षेत्रभित्र १ सय ५४ सम्पदा मापदण्ड विपरीत देखिएका छन्। विभागको तथ्याङ्कअनुसार पाटन दरबार क्षेत्रभित्र १ सय ३०, हनुमानढोका दरबार क्षेत्रभित्र ९५, स्वयम्भू क्षेत्रभित्र ७०, पशुपतिक्षेत्र विकास कोषअन्तर्गतका क्षेत्रभित्र ६६, बौद्धनाथ क्षेत्रभित्र ६० र चाँगुनारायण क्षेत्रभित्र २४ संरचना मापदण्ड विपरीत बनेका छन्।

युनेस्कोले सम्पदा क्षेत्रभित्र मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन सरकारलाई आग्रह गर्दै आएको छ। विशेष गरी हनुमानढोका दरबार क्षेत्रलाई पटकपटक खतराको सूचीमा राख्ने चेतावनी दिँदा पनि मापदण्ड विपरीत निर्माण गरिएका संरचना नै मुख्य कारण देखाइएकोे थियो। विभागका अनुसार २०४६ सालदेखि २०७१ सालसम्म मापदण्डविपरीत संरचना निर्माण भएका हुन्। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com