सम्बन्धित नियकाले ध्यान नदिएपछि स्थानीय आफैँले सडकका खाल्टा पुरे



प्रकाशित मिति : Feb 28, 2020

काठमाडाैं, १६ फागुन । सम्बन्धित नियकाले ध्यान नदिएपछि वीरेन्द्रनगरका सडकका खाल्डाखुल्डी पुर्न स्थानीयवासी आफैँ जुटेका छन् । वीरेन्द्रनगर नगरपालिकाका–१३ स्थित इन्द्रपुरका स्थानीयवासीले आफैँ नै खाल्डाखुल्डी पुर्न थालेका हुन् ।

उनीहरूले आफ्नो गाउँमा रहेका करिब तीन किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्नुका साथै ढुङ्गा हालेका छन् । मदन भण्डारी राजमार्गको धुलियाबिटदेखि रामचोकसम्मको करिब तीन किलोमिटर सडकका खाल्डाखुुल्डी पुरिएको छ ।

गाउँमा खाल्डाखुुल्डी भएर बिरामी लिन एम्बुुलेन्ससमेत जान नसकेपछि स्थानीयवासीले आफैँ खाल्डाखुल्डी पुर्न थालेको बताएका छन् ।

स्थानीय युवा कविनाथ योगीको अगुवाइमा स्थानीयवासीले सडकका खाल्डाखुल्डी पुर्ने काम गरेका हुुन् । योगीले आफ्नो खर्चमा करिब ३४ टिपर ढुङ्गा, माटो ल्याएर सडकका खाल्डा पुरेको बताए । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com