नेपाली पश्मिना र कफीको बजारीकरणका लागि नयाँ कार्यक्रम



प्रकाशित मिति : Feb 28, 2020

काठमाडाैं, १६ फागुन । नेपाली पश्मिना र कफीको अन्तर्राष्ट्रिय वजारीकरण र प्रवर्द्धनका लागि युरोपियन युनियनले नयाँ सञ्चालनमा ल्याएको छ।

नेपालको महत्त्वपूर्ण नियतयोग्य वस्तुका रूपमा रहेको पश्मिना र कफीलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम बजारमा पुर्‍याउन उत्पादन, गुणस्तर सुधार र वजार प्रवर्द्धनमा कार्यक्रम लक्षित रहने वताइएको छ ।

इन्टरनेसनल ट्रेड सेन्टर (आईटीसी)ले कार्यान्वयन गर्ने सो परियोजनामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्य रहनेछ ।

कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले यो कार्यक्रम निर्यातयोग्य वस्तुको प्रतिस्पर्धी क्षमता विस्तारमा अत्यन्तै उपयोगी बताए । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com