आजको राशिफल : फागुन १६ गते, शुक्रबार



प्रकाशित मिति : Feb 28, 2020

वि.सं.२०७६ साल फाल्गुन १६ गते । शुक्रबार । ईश्वी सन् २०२० फेब्रुवरी २८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– पंचमी,५८ घडी २९ पला,रातको ०५ बजेर ५६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– अश्विनी,४७ घडी १५ पला,रातको ०१ बजेर २६ मिनेट उप्रान्त भरुणी । योग– शुक्ल,०७ घडी १८ पला,बिहान ०९ बजेर २८ मिनेट उप्रान्त ब्रम्ह । करण– बव,बेलुकी ०५ बजेर ०४ मिनेट उप्रान्त बालव,रातको ०५ बजेर ५६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान २८ घडी ४४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपाईको लुवाइ ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रशन्न हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशि सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरु दिनभन्दा अलि बढि समय खर्चिनु पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ दुख सुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ । नयाँ ठाउँबाट लगानीको प्रस्ताव आएपनि केहि समय कुर्नु नै पर्नेछ । इच्छा आकाक्षाहरु पुरा गर्नको लागि बढि नै समय खर्चनु पर्ने हुन सक्छ । दाजुभाइसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । सामान्य स्यास्थ्यमा समस्या आई रुपैयाँ पैसा खर्च हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने आत्मिय मित्र तथा आफन्तसँग घरायसि कुरामा राज बाजिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । उत्पादनमुलक क्षेत्रमा लगानी गरि प्रसस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशीयालि छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रशन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसायकै सन्द्रर्भमा लामो दुरिको व्यवसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकिय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागि भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा मनग्गे लाभ हुनेछ भने अकस्मात आम्दानीमा बृद्धि हुनेछ । अध्ययनमा सुधार भएर जाने योग रहेकोछ । स्वास्थ्यमा सामान्य समस्या आएपनि हल गर्दै अगाडि बढ्न सकिनेछ । दिदी बहिनीहरुको समयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । चिट्ठा तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आम्दानीमा बृद्धि हुने हुँदा दैनिकक जीवन सहज रुपमा जीउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीतिक काममा सफलता मिल्नेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सामाजिक काममा रुची बढ्नेछ । घरायसी काममा रुची बढ्नेछ । ब्यापार व्यवसायबाट धेरै फाइदा मिल्नेछ । पारिवारिक सम्बन्धमा खटपट आउनेछ । न्यायिक काममा उल्झन आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुशी हुनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाइने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवनसाथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अलि बढि समय दिन सक्दा प्रगति गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकिहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषि गणेश काफ्ले ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com