मुसाको मासु पाइने कुमारिता बजार



प्रकाशित मिति : Feb 27, 2020

एजेन्सी, १५ फागुन । भारतको असममा एउटा अनौठो बजार छ, जहाँ कुखुरा, खसीको होइन मुसाको मासु बिक्री हुन्छ ।

भारतको असमस्थित कुमारिकता गाउँका मानिसहरुले आफ्नो खेतीबाली मुसाले सखाप पारेपछि उनीहरुले मुसा मारेर बजारमा बेच्न थाले । यहाँ हरेक आइतबार एउटा हाटबजार लाग्छ, जहाँ मुसाको मासु बेचिन्छ ।

ग्राहकहरुले रुचाएपछि पछिल्लो समय मुसाको मासुको माग बढिरहेको छ । स्थानीय मानिसहरुका लागि मुसाको मासु एउटा पारम्परिक भोजन समेत बन्न थालेको छ । स्थानीय हाटबजारमा मुसाको मासु प्रतिकिलो २ सय भारु सम्ममा बिक्ने गरेको छ ।

किसानहरुले रातमा १० देखि २० किलोसम्म मुसा समाउने गरेको र त्यसरी समाएको मुसाको मासु बेचेर जीविका चलाउन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com