माइभ्याली गोल्डकप : गोर्खा ब्वाइजसँग भारतको कोइमा इगल ४–० ले पराजित



प्रकाशित मिति : Feb 27, 2020
  • विनय तिम्सीना,

इलाम, १५ फागुन । इलामको ठूलो टुँडिखेलमा विहीबारबाट सुरु भएको छैटौं संस्करणको माइभ्याली गोल्डकपमा रुपन्देहीको गोर्खा ब्वाइजले भारतको कोइमा इगल नागाल्याण्डलाई ४–० ले पराजित गरेको छ ।

खेलको पहिलो हाफ दुवै टिमले राम्रो प्रदर्शन गरेपनि गोलरहित बराबरी रह्यो । तर, दास्रो हाफमा विदेशी खेलाडी हामजटले गरेको गोलबाट गोर्खा ब्वाइजले अग्रता लिएको थियो ।

त्यसको केहि समय नवित्दै अर्का विदेशी खेल्लाडी फोडे फोप्लाले अर्को गोल थपे । दोस्रो हाफमा कोइमा इगलले निकै आक्रमक खेल खेल्दै धेरै अवसर पाएपनि गोल गर्न सकेन ।

दोस्रो हाफको अत्यमा आएर गोर्खा ब्वाइजका शक्ति राईले अर्को गोल गर्दै तीन शुन्यको अग्रता दिलाए । व्यक्तिगत पहिलो गोल गरेको एक मिनेट नवित्दै शक्तिले पुनः अर्को गोल गर्दै गोर्खा ब्वाजलाई ४–० को जित दिलाए ।

खेलको म्यान अफ द म्याच गोर्खा ब्वाइजका शक्ति राई घोषित भए । उनले नगद दश हजारसहित ट्रफी पाएका छन् ।

प्रतियोगिताको विजेताले आठ लाख नगद र ट्रफी पाउने छ । त्यस्तै, उपविजेताले नगद छ लाख र प्रत्येक खेलको म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेन्टलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com