बेपत्ता दुई बालकको उद्धार गरी आफन्तलाई जिम्मा लगाइयाे



प्रकाशित मिति : Feb 27, 2020
  • रामहरि गजुरेल

नुवाकोट, १५ फागुन । नुवाकोटका दुई बालबालिकालाई प्रहरीले बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेको छ । नुवाकोटको विदुर नगरपालिका– २ र ४ बस्ने दुई बालक केही दिनदेखि बेपत्ता भई हराइरहेका थिए, साेही क्रममा बुधबार प्रहरीले फेला पारेको हो ।

बेवारिसे अवस्थामा फेला पारी उद्धार गरिएका ती बालक उनीहरूका आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए । उनका अनुसार विदुर वडा न ४ मा ५ वर्षीय बालक बेवारिसे अवस्थामा मगंलबार बिहान बट्टारको सगंमचोकमा फेला परेका थिए ।

आफूलाई प्रकाश मिजार नाम बताउने बालकका आफन्त खोजी गर्दा बट्टारमा बसोबास गर्दै आएको अनुसन्धानबाट खुलेपछि बालक मिजारकै दिदी सीमा मिजारलाई जिम्मा लगाइदिएको फुँयालले जानकारी दिए ।

यसैगरी, हराएका अर्का रौतहट जिल्ला घर भएका ११ वर्षिय आकाश यादव आफ्नो काकाको घर विदुरमा बसोबास गर्दै आइरहेका थिए । बालक यादव सोमबार बिहान ७ बजेदेखि सम्पर्कविहीन भई हराउँदा यादवका आफन्तले नुवाकोट प्रहरीसमक्ष खोजतलासका लागि सोही दिन निवेदन दिएका थिए । त्यसलगत्तै प्रहरीले खोजी कार्य तीव्र पारेको थियो ।

हराएका यादवको खोजी गर्ने क्रममा धादिङको गल्छी चोकमा फेला पारेर प्रहरीले यादवका आफन्तलाई जिम्मा लगाइदिएकाे हाे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com