१३ फाल्गुन २०७६, मंगलवार
  • दानबहादुर बुढा

मुगु, १३ फागुन । सिञ्जा गाँउपालिकाको नराकोटलगायतका बस्तीहरुमा रहेको जनता आवास घरहरु हिजो आज प्रयोग विहिन भएको छ। विपन्न दलितहरुका लागि सरकारको अनुदानबाट बनेको यी घरहरु प्रयोग विहिन भएको हो ।

गत आर्थिक वर्षमा मात्र जुम्ला जिल्लामा राजनीति र पहुँच वालाको आडमा निमार्ण भएका जनता आवास ४ सय ५० घर मध्य धेरै घरहरु प्रयोगमा नआएको स्थानीयहरु बताउँछन् ।

सिञ्जा गाँउपालिका नराकोटमा बनेका १० भन्दा बढी जनता आवास घरहरु प्रयोगविहिन भएको छ । यी घरहरु हिमा नदीको किनारमा डेढ बर्ष भन्दा पहिले बनेको थियो ।

प्रयोगमा नआएको केही जनता आवास घरहरुमा विभिन्न राजनीतिक पार्टीका नाराहरु लेखिएको छ, भने केही घर दिसा – पिसाव गर्ने ठाँउ बनेको छ ।

LIVE TV