१३ फाल्गुन २०७६, मंगलवार

काठमाडौँ, १३ फागुन । संसद सचिवालयकी कर्मचारी रोशनी शाही लामो समयपछि काममा फर्किएकी छन् ।

संसदको स्वास्थ्य इकाइमा नर्सको रुपमा कार्यरत उनी गएको असोज १४ पछि सोमबार पहिलोपटक कार्यालय गएको संसद सचिवालयले जनाएको छ ।

उनले तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन् । उक्त मुद्दामा महराले अदालतबाट सफाई पाइसकेका छ ।

LIVE TV