१३ फाल्गुन २०७६, मंगलवार

काठमाडौं, १३ फागुन । सोमबार शेयर बजार परिसूचक नेप्सेमा ४३ दशमलव शुन्य २ अंकको वृद्धि भएको छ । करिब २ अर्ब ९९ करोड रुपैयाको कारोबार भएको मंगलबारको बजार १ हजार ५ सय ४५ दशमलव १ नौ अंकको बिन्दुमा कायम भएको छ ।

गत महिनादेखि सुधार देखिएको शेय बजार परिसूचक नेप्सेमा उच्च सुधारको क्रम जारी रहेको छ, भने कारोबार रकममा समेत उत्साह कायमै देखिन्छ । मंगलबार शेयर बजार परिसूचक नेप्से करिब ४३ अंकले बढ्दा २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ ।

मंगलबार नेप्से ४३ दशमलव शुन्य २ अंकले बढ्दै १ हजार ५ सय ४५ दशमलव १ नौ अंकको बिन्दुमा कायम भएको छ । मंगलबार बजार खुलेको केहि समयपछि ओरालो लाग्दै २० अंकसम्म तल झरेको थियो । लगत्तै ६३ अंकको सुधार आउदै अघि बढेको नेप्सेमा मंगलबार कारोबार पनि उत्साहजनक देखिएको छ ।

मंगलबार १ सय ८० कम्पनीको करिब २ अर्ब ९९ करोड रुपैंया बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका सबै समूहका सूचक मंगलबार बढेको छ । जीवन बीमा, अन्य, व्यपार, जलविद्युत तथा उत्पादनमुलक समूहमा मंगलबार उच्च वृद्धि देखिएको छ ।

सबैभन्दा धेरै हिमालयन डिष्टलरीको १६ करोड रुपैंया बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी मंगलबार सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोको तीन प्रतिशतले शेयर मूल्य घटेको छ ।

LIVE TV