१३ फाल्गुन २०७६, मंगलवार

काठमाडौँ, १३ फागुन । नेपाली कांँग्रेसका सांसद गगनकुमार थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस लेनदेनको अडियोलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर आँखामा आँखा जुधाएर नागरिकको प्रश्नको जवाफ दिने हिम्मत गर्न चुनौती दिनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेता थापाले प्रधानमन्त्री ओलीले बाँस्कोटाको अडियो पहिले नै सुनेको दाबी गरिरहेको बेला यस विषयमा संसदमा आएर जवाफ दिने हिम्मत प्रधानमन्त्री ज्यू संग छ की छ संग छ की छैन भनेर प्रश्न गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीले यस विषयको जवाफदेहिता देखाउनै पर्ने भन्दै उहाँ डाँडाकाँडा डुल्ने र तालतलैया हेरेर बस्ने होइन भन्दै संदनमा आएर जवाफ दिनुपर्ने माग गर्नुभयो । उहाँले प्रधानमन्त्रीलाई निम्छरो प्रश्न होइन सही प्रश्न सोध्ने दाबी समेत गर्नुभएको छ । साथै उहाँले सभामुखसंग प्रधानमन्त्रीलाई सदनमा उपस्थितिको लागि रुलिङ गर्न अनुरोध गर्नुभएको छ ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विषयमा थप प्रसंग कोट्याउदै नेता थापाले प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दा कसैले नभ्याउने विश्वासपात्रले गरेको यी कुराहरु थाहा थिएन भनेर हामीले पत्यादिनुपर्ने भनेर प्रश्न पनि गर्नुभयो । उहाँले सबैकुरा थाहा छैन भने प्रधानमन्त्री ज्यू, तपाईलाई के थाहा छ त भन्ने प्रश्न समेत गर्नुभयो ।

सांसद थापाले अगाडि भन्नुभयो ‘अरबौँको ठेक्का र कमिशनको विषयमा प्रधानमन्त्रीलाई थाहा भएको तर परिस्थिति नियन्त्रण बाहिर गएको कारण मन्त्री बाँस्कोटालाई बलिको बोका बनाइएको हो भन्ने नागरिकको आवाज छ ।

सांसद थापाले थप कटाक्ष गर्दै अगाडि भन्नुभयो ‘भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नुभएको थियो, प्रधानमन्त्री ज्यू बालुवाटारमा ऐना छ कि छैन ?

एकजनालाई प्रधानमन्त्री बनाउनको लागि संविधान संशोधनका लागि कार्यदल गठन गर्दा प्रधानमन्त्रीलाई नागरिकले बाहिर देख्दा सुरो, भित्र विचरो भन्ने समेत गरेको प्रसंग पनि उहाँले कोट्याउनुभयो ।

साथै उहाँले प्रधानमन्त्रीको जन्मदिनको विषयमा धारणा राख्दै भन्नुभयो ‘यो तरिकाले पूर्व राजा ज्ञानेन्द्रको न्यास्रो मेटाएको छ, प्रधानमन्त्री ज्यू तपाईलाई के थाहा छ, के थाहा छैन ?’

LIVE TV