
- रोशन दानी,
काठमाडौं, १३ फागुन । महानगरीय प्रहरी बृत महाराजगञ्जको टोलीले सामूहिक करणीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार महाराजगञ्ज बृत्तको टोलीले बूढानीलकण्ठबाट सामूहिक करणीको आरोपमा झापाका गौरीगञ्ज गाउँपालिकाका ३४ वर्षीय बिशाल संग्रौला र अर्का ३५ वर्षीय सुबास संग्रौलालाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी बृत महाराजगञ्जका प्रमुख डिएसपी उमेश लम्सालका अनुसार विशाल र सुबासले इटहरीकी ३४ वर्षीया एक महिलालाई काठमाडौंमा जागिरको प्रलोभन देखाएर पटक–पटक जबरजस्ती करणी गरेका थिए ।
प्रहरी नियन्त्रणमा परेका विशाल र सुबासलाई जबरजस्ती करणी अन्तरर्गत मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।