१३ फाल्गुन २०७६, मंगलवार
  • बालविक्रम कार्की

रौतहट, १३ फागुन । रौतहटमा सशस्त्र प्रहरीले नगद १९ लाखसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको राजदेवी नगरपालिका–८ बेलबिछवास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट गएको गस्ती टोलीले सोमबार साँझ भारतकाे बैरगनियाबाट रौतहट आउँदै गरेको बिआर ०५ आर ९४६४ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको १९ लाख १ हजार १५० रुपैयाँ बरामद गरेको हो ।

सशस्त्र प्रहरी बिओपीका प्रहरी सहायक निरीक्षक अजय थापाको कमाण्डमा गएको टोलीले उनीहरुलाई चेकचाँज गर्ने क्रममा सो परिमाणको रकम फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताए ।

यसरी पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा ६ बगहीका २० वर्षीय नवलकिसोर साह र भारत बैरगनिया वडा १४ का २३ वर्षीय शनी कुमार रहेको प्रहरी उपरिक्षक कर्णजितले जानकारी दिए । शंका लागेर उनीहरुको शरिर खानतलासी गर्दा जिउमा लुकाइराखेको अवस्थामा सो रकम बरामद भएको र उनीहरुलाई थप अनुसन्धानको लागि मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय गौरमा बुझाएकाे उनले बताए ।

LIVE TV