१३ फाल्गुन २०७६, मंगलवार

काठमाडाैँ, १३ फागुन । जापान अध्ययन गर्न जान चाहाने नेपाली विद्यार्थीहरुलाई भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपाल (जाल्टान)को आयोजनामा ३९ औं अल नेपाल जापानिज ल्याङ्ग्वेज स्पीच कन्टेस्ट काठमाडौंमा सम्पन्न भएको छ ।

जापानिज भाषा र संस्कृतिका बारेमा नेपाली विद्यार्थीहरुलाई जानकारी दिने र भाषामा उनीहरुलाई अब्बल बनाउने उद्वेश्यले जाल्टानले स्पीच कन्टेस्ट आयोजना गरेको अध्यक्ष पुर्णकाजी प्रजापतिले जानकारी दिनुभयो ।

जापानीज भाषा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई आयोजना गरिएको कन्टेस्ट अन्तरगत सिनियरतर्फ अस्मिता श्रेष्ठ प्रथम, सुनिल लामा द्वितिय र गजराज महर्जन तृतिय र जुनियर तर्फ राजेश कार्की प्रथम, अभिषेक श्रेष्ठ द्वितिय र यमराज बुढा तृतिय हुनुभएको थियो ।

स्पीच कन्टेस्टमा विभिन्न जापानीज भाषा ईन्ष्च्यिुटमा अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए ।

LIVE TV