१३ फाल्गुन २०७६, मंगलवार

दाङ, १३ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताएका छन्। दाङको लमहीमा सोमबार गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन्।

महराले भने -‘मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो।’ उनले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए। उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताए।

नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो,उनले भने-‘त्यसका लागि म सधै लडिरहनेछु।’

उनलाई दाङका विभिन्न स्थानमा भव्य स्वागत गरिएको थियो।

LIVE TV