कलङ्कीमा एउटा ट्रकले ९ सवारी साधनलाई ठक्कर दियो, १ को मृत्यु, ४ घाइते



प्रकाशित मिति : Feb 24, 2020

काठमाडौं, १२ फागुन । काठमाडौंको कलङ्कीमा ब्रेक फेल भएको एउटा ट्रकले ९ ओटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । त्यसैगरी ४ जना घाइते भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार सोमबार साँझ थानकोटबाट कलङ्कीतिर आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रक ब्रेक फेलभएपछि अन्यन्त्रित भएको थियो ।

ओरालाेमा ट्रकको ब्रेक फेल भएका कारण धेरै सवारीसँग जुध्न पुगेको प्रहरीको भनाइ छ । साे ट्रकले दुईवटा मोटरसाइकल, कार, स्कोरपियो, ट्याक्सी, स्कुटर र भ्यान लगायतका सवारी साधनलाई ठक्कर दिएको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिनुभयाे ।

दुर्घटनामा घाइते भएका चारै जनालाइ उपचारका लागि ट्रमा सेन्टर पठाइएको कालिमाटी वृतले जनाएको छ ।

उक्त ट्रकका चालक सर्लाहीका विरेन्द्र कुमार शाहालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । मृतक र घाइतेहको पहिचान खुल्न सकेको छैन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com