१२ फाल्गुन २०७६, सोमबार
  • उत्तम पौडेल

पोखरा, १२ फागुन । पोखराको फेवातालमा आज (सोमबार) तीन जना सवार डुंगा पल्टिएको छ ।

डुंगामा सवार ३ जना मध्य एक बेपत्ता भएका छन्, भने २ जनालाई सकुसल उद्धार गरिएको जनाइएको छ । डुंगा दिउँसोको करिब १ : २० बजे पल्टिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार डुंगा पल्टिँदा बेपत्ता भएका उनी काठमाडौं कपनका सुमित भन्ने २५ वर्षीय रामशरण लुईटेल रहेका छन् । उद्धार गरिएका दुई जना काठमाडौं १२ कै रुपेश अधिकारी र सुविन चालिसे रहेको प्रहरीले बताएको छ ।

चालकबिना लुइँटेल आफैंले चलाएको डुंगा चलाउँदा – चलाउँदै पानी भरिएर पल्टिएको जनाइएको छ । बेपत्ता भएका उनको खोजी कार्य भइरहेको छ ।

डुंगा पल्टिएको विषयमाथि थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।

LIVE TV