१२ फाल्गुन २०७६, सोमबार

काठमाडाैँ, १२ फागुन । काठमाडौंमा पुनः रात्रिबस सञ्चालन हुने भएको छ । पटक–पटक रात्रिबस सञ्चालन हुँदै बन्द हुँदै आएको काठमाडौंमा पुनः सञ्चालन गर्ने तयारी सुरु भएको छ ।

उपत्यकाका यात्रु चाप बढी हुने ठाउँमा सार्वजनीक यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विगतमा पनि रात्रिकालीन सेवाका लागि यातायातको व्यवस्था गरिएको भए पनि सो सेवा लामो समय सञ्चालन हुन सकेन । यसपटक पर्यटन वर्षलाई मध्यनजर गरेर बस सञ्चालनमा ल्याउने तयारी भएको हो ।

रात्रीबस रातको ११ बजेसम्म सञ्चालन गरिनेछ पनि सञ्चालन हुने स्थानहरुमा यात्रुका लागि निश्चित स्थानमा बस स्टप र रोक्ने समय तोकिने विभागले जनाएको छ ।

LIVE TV