१२ फाल्गुन २०७६, सोमबार

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आइतबार काटिएको केक अन्तर्राष्ट्रिय अभ्यासअनुरुप भएको प्रधानमन्त्रीको सचिवालयले प्रष्ट पारेको छ ।

नेपालको नक्सा अंकित केक काटिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अन्तर्राष्ट्रिय अभ्यासअनुरुप केट काटिएको जिकिर गर्नुभएको हाे ।

न्यूज २४ नेपाल डट टिभीसँग संक्षिप्त कुरा गर्दै प्रेस सल्लाहकार थापाले केकको विषयलाई लिएर अनावश्यक तरंग पैदा गर्न खोजिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘अन्तर्राष्ट्रिय अभ्यास र चलन नहेरी आलोचना गर्नुको पछाडि कुनै तुक छैन, आलोचना गर्नेहरुको साँघुरो मानसिकता देखियो, यस्मा प्रधानमन्त्री तथा उहाँको सचिवालयको पनि कुनै संलग्नता छैन । ’

छिमेकी भारतसहित अमेरिका र रुसलगायतको देशमा यस्तो चलन रहेको उल्लेख गर्दै प्रेस सल्लाहकार थापाले हरेक विषयमा नकारात्मक दृष्टिकोण मात्र राख्ने चलन त्याग्न पनि सुझाव दिनुभयो ।

याे पनि हेर्नुहाेस्-

देश : प्रधानमन्त्रीको जन्मदिनको केक ! सामाजिक सञ्जालभरि चर्को आलोचना

LIVE TV