१२ फाल्गुन २०७६, सोमबार
  • यामराज कटुवाल,

दैलेख, १२ फागुन । दैलेखको आठबिस नगरपालिमा एकसय शैयाको ट्रमा सेन्टर सञ्चालन हुने भएको छ । आठबिस नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच शनिबार सम्झौता आठबिस नगरपालिकाको राकम कर्णाली बजारमा बिशेषज्ञ सेवा सहितको ट्रमा सेन्टर सञ्चालन गरिने भएको हो ।

मध्यपहाडी लोकमार्ग र कर्णाली राजमार्ग दुबै राजमार्गले छोएको राकम कर्णाली बजारमा ट्रमा सेन्टर सञ्चालन गर्नका लागि नगरप्रमुख खड्गराज उपाध्याय र कर्णाली बिज्ञान प्रतिष्ठानका निर्देशक धर्मराज गासाईले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

कर्णाली राजमार्गमा अत्यन्त धेरै दुर्घटना भैरहने तर उपचारको लागि स्वास्थ्य केन्द््र मात्र भएको र उपचार सहजताका लागि ट्रमा सेन्टर सञ्चालन गर्न लागिएको नगरपालिकाकी उपप्रपुख दिपा बोहोराले बताउनुभयो ।

उपप्रमुख बोहोराले भन्नुभयो, तत्कालिन स्वास्थ्य मन्त्री गगन थापा भएको समयमा राकममा बिशेषज्ञ सेवा सहितको अस्पताल सञ्चालनका लागि पहल गरिरहेको भएपनि सो समयमा सञ्चालन हुन सकेन । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बिशेषज्ञ उपलब्ध गराउने भएपछि पछि अस्पताल सञ्चालन गर्न सहज भएको छ, उहाँले भन्नुभयो । अस्पताल निर्माणका लागि समन्वय र सहकार्य गर्ने गरी १३ ओटा शर्त सहित सम्झौता गरिएको उपप्रमुख बोहोराले जानकारी गराउनुभयो ।

प्रदेश सरकार ,संघिय सरकार संग समन्वय र सहकार्य गर्दे आठबिस नगरपालिकामा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको १०० शैयाको ट्रमा सेन्टर सञ्चालन गर्दै शिक्षण अस्पतालको निर्माण तथा संचलन गर्ने गरी सम्झौता गरिएको हो ।

सम्झौता अनुसार कर्णाली बिज्ञान प्रतिष्ठानले बिशेषज्ञ र पारिश्रकि उपलब्ध गराउने छ भने अहिले भएको स्वास्थ्य चौकीमा आवश्यक औजार उपकरण, चिकित्सकको भ्रमण भत्ता, आवास तथा अन्य जनशक्ती लगाएतको व्यबस्था नगरपालिकाले गर्ने छ । प्रतिष्ठान र नगरपालिकाले टेलिमेडिसीयन पनि सञ्चालन गर्ने र त्यसको ब्यबस्थापन नगरपालिकाले गर्ने उल्लेख गरिएको छ ।


राकममा ट्रमा सेन्टर सञ्चालन गर्ने भएपछि स्थानीय उत्साहित भएका छन् । यसअघि सामान्य उपचार बाहेक अन्य उपचारको लागि ८÷१० घण्टा यात्रा गरेर कर्णालीको राजधानी सुर्खेत पर्ने बाध्यता थियो

LIVE TV