१२ फाल्गुन २०७६, सोमबार

एजेन्सी, १२ फागुन । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प २ दिने भारत भ्रमणका क्रममा अहमदावाद पुगेका छन् ।

अहमदावाद एयरपोर्टमा भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले ट्रम्पलाइ स्वागत गरेका हुन् । ट्रम्पको साथ अमेरिकाकी प्रथम महिला उर्फ ट्रम्पपत्नी मेलानिया ट्रम्प र छाेरी इभान्का पनि रहेका छन् ।

ट्रम्पकाे भ्रमणका क्रममा अहमदावाद शहरकाे सुरक्षा व्यवस्था कडा बनाइएकाे छ । त्यहाँ सड़कभरि प्रहरी र सुरक्षाकर्मी तैनाथ छन् । वरिष्ठ अधिकारीहरूकाे चहलपहल पनि बढेकाे छ । सुरक्षाकर्मीहरूले सर्वसाधारणमाथि कडा निगरानी समेत राखिरहेका छन् ।

विमानस्थलबाट राष्ट्रपति ट्रम्प र पत्नि मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) गएका थिए । त्यहाँ उनीहरूले चर्खा अवलाेक गरे ।

राष्ट्रपति ट्रम्प र प्रम माेदीबीच दिउँसाे हुने वार्तालाइ यतिखेर चासाेसाथ हेरिएकाे छ । ट्रम्प सत्तामा आएपछि भारतकाे अमेरिकासँगका व्यापार सुविधा कटाैती गरेका थिए । यस भेटवार्तामा भने दुबै देशको बीचमा कुनै नयाँ ‘ट्रेड डिल’ हुने अपेक्षा गरिएकाे छ ।

केही बेरपछि मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाकाे ट्रम्पले उद्घाटन गर्ने कार्यक्रम छ । साेही रंगशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ ।

LIVE TV