१२ फाल्गुन २०७६, सोमबार
  • मनोज भुजेल

सुनसरी, १२ फागुन । इटहरी १० को तल्लो डुमाटक्का गाउँ यति बेला शोकमा डुबेको छ । धार्मिक भ्रमणकालागि भारत गएका डुमाटक्काका ७ जनाको बस दुर्घटनामा मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमन्न भएको हो ।

सुनसरीको इटहरी १० तल्लो डुमाटक्का गाउँबाट धार्मिक यात्रामा निस्किएका आफन्तको बस दुर्घटनामा मृत्य भएपछि पुरैगाउँ शोकमा डुबेका छन् । भारतका विभिन्न धार्मिक धामको भ्रमणमा निस्किएका टिकाराम चौधरी, रसिलाल चौधरी, फुलमति चौधरी, बोधनी चौधरी, गोपाल तामाङ, वीरबहादुर राई र पवनलाल चौधरीको दुर्घटनामा मृत्यु भएपछि डुमाटक्का गाँउनै शोकमा डुबेको छ ।

गत बुधवार राती ३४ तीर्थयात्री बोकेको को १ ख ५३३४ नम्बरको मिनिबसलाई सलेम बंगलरु राजमार्गमा अर्को बसले ठक्कर दिँदा १० जना नेपालीको मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ जनाको डुमाटक्काका रहेका छन् । मृतका आफन्तहरुलाई यतिबेला शव कसरी ल्याउने भन्ने चिन्ताले पिरोलेको छ ।

साथै आफ्ना नागरिकको उतै मृत्यु हुँदापनि नेपाल सरकारले ध्यान नदिएको उनीहरुको गुनासो छ । दुर्घटना भएको ४ दिन भइसक्दा पनि घाइतेको अवस्था र मृतकको लाश ल्यानमा कसैले ध्यान नदिएको उनीहरु बताउछन् ।

मृतक तथा घाइतेका आफन्तहरुले १ नम्बर प्रदेश सरकारलाई पत्र समेत लेखेका छन् । भारतमा मृत्यु भएका आफन्तको शव नेपाल ल्यान पहल गरिदिन र घाइतेहरुलाई नेपाल ल्याइदिन उनीहरुले प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् ।

LIVE TV