बालकुमारीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु



प्रकाशित मिति : Feb 24, 2020

काठमाडौं, १२ फागुन । ललितपुरको बालकुमारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

आज बिहान भएको उक्त दुर्घटनामा काठमाडौं लाजिम्पाटका दिवसकिशोर भट्टराइ र ललिता राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

file picture

प्रहरीका अनुसार आज बिहान ४ बजेतिर बालकुमारीमा सडकको रेलिङमा मोटरसाइकल ठोक्किँदा भएकाे दुर्घटनामा उनीहरुको ज्यान गएको हो ।

बा ३८ प ८३५७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरु दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com