११ फाल्गुन २०७६, आईतवार
  • तारा आचार्य,

विराटनगर, ११ फागुन । राष्ट्रियस्तरको गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता आइतवारदेखि विराटनगरमा शुरु भएको छ ।

शहीद रंगशालाको कभर्ड हलमा फागुन १४ गतेसम्म आयोजना हुने यस प्रतियोगिता अन्तर्गत फस्र्ट राउण्डमा मेन्स डबल्स र सिंगल्स र मास्टर डबल्सका खेलहरु भएका छन् ।

विराटनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको सो प्रतियोगितामा पुरुष सिंगल एण्ड डबल, महिला सिंगल, मास्टर डबल्स ५५ र ४५ वर्ष उमेर समूह गरी ५ वटा इभेण्टमा प्रतिष्पर्धा गराइने बताइएको छ ।

मुलुकभरका १ सय जना खेलाडीहरुले भाग लिएको सो प्रतियोगितामा १५ जिल्लाका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडीहरुले भाग लिइरहेका छन् ।

प्रतियोगिता अन्तर्गत मेन्स सिंगल र डबल्समा प्रथम हुनेलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेश्रो हुने दुई जनालाई ५/५ हजार प्रदान गरिने बताइएको छ ।

यसैगरी महिला सिंगलका विजेताले २१ हजार, दोश्रोले ११ हजार र तेश्रो हुने दुई जनाले ४/४ हजार प्राप्त गर्नेछन् ।

सबै इभेण्ट गरी २ लाख ११ हजारको पुरस्कार वितरण गरिने आयोजक विराटनगर व्याडमिन्टन क्लबले जनाएको छ ।

LIVE TV