११ फाल्गुन २०७६, आईतवार

काठमाडौं, ११ फागुन । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले टर्की र ग्रिस पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने कमलप्रसाद पोखरेललाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका उनी मोरङ बुधबारे घर भई काठमाडौंको चुच्चेपाटी बस्दै आएका छन् ।

पोखरेलले टर्की र ग्रिसमा राम्रो तलब दिने प्रलोभनमा पारेर ३२ जनाको ३९ लाख ५६ हजार ठगी गरेको जनाइएको छ। उनले उक्त रकम विभिन्न समयमा लिएको खुलेको छ।

गोपीराम पराजुलीले माग १२ गते दिएको ठगीको उजुरीका आधारमा पोखरेललाई नियन्त्रणमा लिएको हो ।

पोखरेललाई काठमाडौंको टेकुबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि थप कारवाहीका लागि आइतबार वैदेशिक रोजगार विभागमा बुझाइएको छ।

LIVE TV