१० फाल्गुन २०७६, शनिबार

काठमाडौं, १० फागुन ।

१. लालीगुराँसको राजधानी तीनजुरे मिल्केको हजारौ लालीगुराँस काटिने भएपछि तेह्रथुमबासी चिन्तित

कोशी करिडोर तत्कालीन कोशी र मेची अञ्चलका केही जिल्लाको र जिल्लावासीको भाग्य कोर्ने भाग्यमार्ग नै हो । तर, यही कोशी करिडोरले कोरेको विकासको मार्गमा तेह्रथुमबासीको भने चित्त दुःखाई अघि आएको छ ।

तेह्रथुमको परिचय धेरै क्षेत्रबाट गाँसिएको छ तर, तेह्रथुमलाई चिनाउने सबभन्दा महत्वपूर्ण माध्यम बन्दै आएको छ, गुँरास । गुँरासको गाउँ भनेर चिनिने तेह्रथुम राष्ट्रिय फूल लालीगँुरासको राजधानी नै मानिन्छ ।

अझ तीनजुरे, मिल्के र जलजले अर्थात टिएमजे नामले परिचित लालीगुँरासको स्वर्गमा देश विदेशका पर्यटक लोभिदो छन् हेरक बर्ष । तर, राष्ट्रिय गौरवको कोशी करिडोर अन्तर्गत १ सय २० केभिए विद्युत प्रशारण लाइन विस्तार सुरु भएपछि यही टीएमजेमा अवस्थित लालीगुँरासका हजारौ बोटहरु काँटिने भएपनि तेह्रथुमवासी चिन्तित बनेका छन् ।

बर्षेनी आउने पर्यटक घट्ने मात्र नभई, वातावरणीय र जैविक विविधतामा पनि असर पर्ने एवं खानेपानीको मुहान सुक्न सक्ने चिन्ताले उनीहरु पिरोलिएका छन् ।

जलविद्युतको विकासमार्फत मुलुक अध्याँरोबाट उज्यालोतर्फ लम्किरहेको अवस्थामा तेह«थुमावासीमा देखिएको यो चिन्ता भने सरोकारावाला पक्षहरु बसेर समाधान गर्न आवश्यक देखिएको छ । छलफल गरे उपाय निस्कन्छ नै ।

२.सुन्तलाको ‘गोल्डेन भ्याली ’ मानिएको सलकपुरमा सुन्तलाको बोट नै सुकेपछि गाउँबासी मर्माहत

सुन्तलाको गोल्डेन भ्यालीको नामले परिचित इलामको सलकपुर यतिखेर सुन्तलाविहीन बन्ने अवस्थामा पुगेको छ ।

सलकपुरको सुन्तलाले नेपाली मात्र नभइ भारतीय र बंगलादेश नागरिक सम्मलाई आफ्नो स्वादको जादूले लठ्याइसकेको थियो ।
सुन्तलाको यही सुनौलो गाउँमा अहिले सुन्तला खोज्नु पर्ने अवस्था उत्पन्न हुन थालेको छ । केही बर्ष अघिसम्म लटरम्म र पहेलपुर हुने यो सुन्तला गाउँमा सुन्तलाका बोटहरु सुकेर दाउरा बन्न थालेका छन् ।

सुन्तलाको स्वाद चाख्न मात्र नभइ सुन्तला खेती हेर्न मात्र पनि सलकपुरमा बर्षेनी हजारौ नेपाली र भारतीय पर्यटक पुग्ने गर्दथे । तर, जलवायु परिवर्तनसंगै जैविक विविधतामा परेको असरका कारण यहाँको सुन्तलाले प्राकृतिक र परम्परागत क्षमता गुमाएपछि अहिले सलकपुरवासी इन्तु न चिन्तु बनेका छन् ।

तर स्थानीय तहसहित स्थानीयवासी सुन्तलाको बोटमा परेको असरको कारण खोज्दै आफ्नो गाउँको पुरानो परिचय स्थापित गर्न लागिपरेका छन यतिखेर ।

३. बुढासुब्बा गोल्डकपले पूर्वको मात्र नभइ मुलुकको फुटबलको शान र इज्जत पनि बचाउँदै

बुढासुब्बा गोल्डकप पूर्वको मात्र नभई मुलुकको फुटबल इतिहासमा नै स्वर्ण अध्याय कोर्न सफल प्रतियोगिता हो ।

२२ बर्षदेखि मुलुकको प्रतिष्ठित प्रतियोगिताकोरुपमा आफ्नो शाख र शान जोगाउँदै आएको बुढासुब्बा गोल्डकपले मुलुकको फुटबलमा प्रतिकुल अवस्था आइपर्दा समेत आफ्नो धर्म निर्वाह गर्न छोडेन ।

अखिल नेपाल फुटबल संघ एन्फाले क बर्गको प्रतियोगितामा वर्गीकरण गरेको बुढासुब्बाको यस संस्करण पनि शनिबारबाट सुरु भएको छ । देशका ए डिभिजनका चर्चित क्लबहरु र भारतका चर्चित क्लबहरुको सहभागिता रहदै आएको यस प्रतियोगितामा यसपटक पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ ।

फुटबलको शहरको धरान, धरानवासीको फुटबल मोहकै कारण धरानले मिनी ब्राजिलको उपमा पाउदै आएको छ । यसैले पनि बुढासुब्बा गोल्डकप सिंगो धरानको लागि पनि प्रतिष्ठाको विषय बन्दै आएको छ ।

LIVE TV