१० फाल्गुन २०७६, शनिबार
  • सुरेश श्रेष्ठ

दाङ, १० फागुन । बर्षातका कारण रोकिएको ‘प्रदेश एक्स्पो २०७६ पुन: सञ्चाल भएको छ । जिल्लाको बेलझुण्डीमा हिजोदेखि नै सुरु हुने भनिएको एक्पो बर्षाकाे कारण रोकिएको थियो ।

आज मौसम अनुकुल भएकाले एक्पोको उद्घाट प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पोख्रेलले सरकारले बिकास र समृद्धिको यात्रामा अगाडि बढेको दावी गर्नुभयो ।

साथै उहाँले प्रदेश नम्वर ५ सबैभन्दा बढी उच्च आर्थिक बृद्धि दर बढाउने प्रदेश भएकोसमेत दावी गर्नुभयो । शुक्रबार(हिजो)मौसम प्रतिकुलका कारण मञ्च व्यवस्थापन, स्टल र दर्शक र सेवाग्राहीलाई सकस भएको थियो ।

आज शनिबरदेखि १२ गतेसम्म सञ्चालन हुने एक्स्पोमा १२ जिल्लाका पहिचान र विशेषता झल्कने कक्ष समावेश गरिएका छन् । १०९ स्थानीय तहले आफूले गरेका नमूना कामसमेत प्रस्तुत गर्नेछन् । एक्स्पोमा सरकारी र निजी क्षेत्रका गरी करिब ५०० कक्ष सहभागी भएका छन् ।

‘समृद्ध प्रदेश खुसी जनताको अभियान सफल पारौं भन्ने नाराका साथ प्रदेश सरकारले सम्पा गरेका कार्यहरु, प्रदेशभित्रका नवीनतम प्रविधि र कार्यको जानकारी दिने, योग ध्यान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय झलक, उत्पादित वस्तु तथा खाद्य सामग्रीलगायतको प्रदर्शन गरिएने मुल आयोजक समिति प्रदेश सरकारले जानकारी दिएको छ ।

एक्स्पोमा सेवा प्रवाहसम्बन्धी जानकारीमलक प्रस्तुति, विभिन्न ठाउँका कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, स्थानीय प्रविधि र उत्पादनको प्रदर्शनी, नव प्रवद्र्र्धन प्रविधिमा आधारित कक्ष संञ्चालन गरिएको छ ।

LIVE TV