१० फाल्गुन २०७६, शनिबार
  • अनुला महर्जन

काठमाडौं, १० फागुन । भगवान गौतम बुद्धका धर्म ग्रन्थको सहज पहुँचका र दीर्घकालीन संरक्षणका लागि आजबाट धम्म डट डिजिटलको शुभारम्भ भएको छ ।

बुद्धको शिक्षाबारे लेखिएका अमूल्य र महत्वपूर्ण कृतिहरुको संरक्षण गरी प्रविधिमैत्री बनाउन डिजिटलाइज प्रविधिको शुभारम्भ गरिएको हो ।

आम मानिसमा सहज पहुँचको उद्धेश्यका साथ बुद्ध शिक्षाका कृतिहरु डिजिटलाइज गरिएको आयोजक मदन रत्न मानन्धर र लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भिक्षु निग्रोधले बताउनुभयो ।

प्रारम्भमा बुद्धधर्मको मुख्य ग्रन्थ त्रिपिटकमा आधारित उपदेश र ध्यान भावना आधारित ५ सय भन्दा बढी पुस्तक डिजिटलाइज गरिएको छ ।

साथै हरेक वर्ष ५ सय देखि १ हजारको संख्यामा पुस्तक डिजिटलाइज गर्ने आयोजको दावी छ ।

LIVE TV