१० फाल्गुन २०७६, शनिबार
  • तारा आचार्य

विराटनगर, १० फागुन । ९ दिनसम्म विराटनगरमा आयोजना गरिएको विराट एक्स्पो २०७६ करिब ५० करोडको व्यापार गरी सम्पन्न भएको छ ।

उपभोक्ताहरुलाई वस्तु र सेवा बारे जानकारी दिने उद्देश्यका साथ फागुन २ गते देखि १० गते सम्म सो कृषि तथा औद्योगिक प्रदर्शनी आयोजना गरिएको थियो ।

करिब ३ लाख दर्शकहरुले प्रदर्शनी अवलोकन गरेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

विराट एक्स्पोमा कृषि, पशुपालन, अटोमोबाइल्स, विज्ञान प्रविधि, औद्योगिक उत्पादन लगायतका ३ सय ४० वटा स्टलहरु राखिएका थिए ।

विराट एक्स्पो समापन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उद्योग र व्यापार क्षेत्रको विकासका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।

उहाँले विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि संघीय सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।

विराट एक्स्पो आयोजना गर्न सहयोग गर्ने उद्योगी व्यापारी, उद्योग प्रतिष्ठान, स्टल सञ्चालकहरुलाई समापन कार्यक्रममा सम्मान गरिएको थियो ।

LIVE TV