१० फाल्गुन २०७६, शनिबार
  • सविन लामिछाने

तनहुँ, १० फागुन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा बसको ठक्करबाट एक जना पैदलयात्री वृद्धाको ज्यान गएको छ ।

दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग १ ख ९६१८नम्बरको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया विष्णुमाया घर्तीको मृत्यु भएको हो । बसमा सवार रहेकी उनी ओर्लिएपछि बाटो काट्न खोज्दा बसले किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

घाइते घर्तीलाई दमौली अस्पतालमा उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले बताए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LIVE TV