१० फाल्गुन २०७६, शनिबार
  • सुरेश श्रेष्ठ,

दाङ, १० फागुन । घोराही उपमहानगरपालिकाले घोराहीको इतिहास झल्काउन घोडाको प्रतिमा राखेको छ ।

शनिबार प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले घोराही उपमहानगरपालिकाको वडा नम्बर १४ र १५ को सीमाना गुम्राह चोकमा दुईवटा घोडाको प्रतिमा अनावरण गर्नुभएको हो ।

चालू आर्थिक वर्षको कार्यक्रम तथा बजेटलाई टेण्डरमार्फत २५ लाख रुपैयाँको लागतमा उक्त घोडाको प्रतिमा निर्माण गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो ।

नशला ह्याण्डिक्राप्ट काठमाडौले उक्त घोडाको प्रतिमासहितको संरचना निर्माण गरेको हो । घोराहीको इतिहास घोडासँग जोडिएको र त्यसैको चिनारीका लागि बजारमै घोडाको प्रतिमा राखिएको उपमहानगरका प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

यसैबीच तुलसीपुर चोक भनिदै आएको क्षेत्रमा पनि घोडाको प्रतिमा राखेर घोराही चोक नामाकरण गरिएको छ ।

LIVE TV