१० फाल्गुन २०७६, शनिबार

काठमाडौं, १० फागुन । फिल्म ‘परदेशी २’ को शुभ मुहूर्तसंगै छायांकन सुरु भएको छ । आज (शनिबार) बिहान पूजा गर्दै फिल्मको शुभ मुहूर्तसंगै छायांकन सुरु भएकाे छ ।

‘परदेशी २’को फिल्म ‘परदेशी’ को सिरिजको रुपमा तयार हुन लागेको हो । फिल्मलाई नारायण रायमाझीले निर्देशन गरिनेछन् । फिल्ममा गायक प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहनेछन् । गायक प्रकाशले यो फिल्मबाट डेब्यू गर्दैछन् ।

गायक प्रकाशले आफ्नो डेब्यु फिल्मलाई लिएर उत्साहित रहेको बताएका छन् । फिल्मको छायाङ्कन सुरु हुन लाग्दा आफूलाई खुसी, डर र उत्साह सबै भइरहेको उनले बताए ।

फिल्म ‘परदेशी’को सिरिजको रुपमा तयार हुन लागेको यो फिल्मले वैदेशिक रोजगारीको कथालाई उठान गर्ने जनाइएको छ । फिल्म ‘परदेशी २’ आउँदो बर्षको दशैंमा प्रदर्शन हुने बताइएको छ ।

LIVE TV