१० फाल्गुन २०७६, शनिबार
  • उत्तर बिष्ट

डडेल्धुरा , १० फागुन । शुक्रबारको वर्षा र हावाहुरीले प्रभावित भएको डडेल्धुरा महोत्सव पुनः सञ्चालनमा ल्याउन तयारी गरिएको छ ।

हावाहुरीसंगै वर्षाले स्टेज र महोत्सवस्थल नै भत्काएपछि पुनर्निर्माण गरेर महोत्सव सञ्चालन गर्ने तयारी गरिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आयोजना गरिएको महोत्सव बिहीबार रातिदेखिको लगातारको वर्षा र हावाहुरीले प्रभावित भएको थियो ।

हावाहुरीले महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा क्षति पुगेको थियो । अहिले स्टेज, प्रवेशद्वाराको बनाउने काम जारी छ ।

शनिबार बेलुका देखि महोत्सव सञ्चालनमा आउने आयोजक उद्योग वाणिज्य संघ, डडेल्धुराले जनाएको छ ।

‘सुखी नेपाली समृद्ध नेपाल, कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ बिहीबारदेखि सुरु भएको महोत्सव १८ गतेसम्म चल्नेछ ।

LIVE TV