कम्रेडकाे ‘कराेड’ले मेराे ‘कराेड’ छायाँमा पर्दैन, प्रतिपक्षीकाे जिम्मा पनि मैले नै लिनु परेको छ : मनाेज गजुरेल



प्रकाशित मिति : Feb 22, 2020

काठमाडाैं, १० फागुन । चर्चित हाँस्यव्यङ्ग्य कलाकार मनाेज गजुरेलले कमेडीकाे ‘कराेड’ र निवर्तमान सूचना तथा सञ्चारमन्त्री गाेकुल प्रसाद बाँस्काेटाकाे ‘कराेड’ फरक भएकाे बताउनुभएकाे छ । न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’मा कुराकानी गर्दै उहाँले कमेडियनको ‘करोड’ उत्पेरणा र हौसलाका लागि भएकाे र बाँस्काेटाकाे ‘कराेड’ कमिशनकाे लागि भएकाे बताउनुभयाे ।

उहाँले निवर्तमान मन्त्री बाँस्काेटाकाे ‘कराेड’ले आफ्नो ‘करोड’ छायाँमा नपर्ने बताउनुभयो । मेराे ‘कराेड’ले मान्छेलाई हाैसला, उत्पेरणा र मनाेरञ्जन दिन्छ, ‘उहाँले भन्नुयभाे, ‘अर्को जुन ७० करोडको कुरा आयो, त्यसैले चाहि हाैसला दिँदैन, कमिशन खानेहरूकाे ‘कराेड’ छायाँ पर्छन्, छायाँमा पर्नु पनि पर्छ ।

हाँस्यव्यङ्ग्य भनेकाे सधै प्रतिपक्षीमा हुनुपर्ने र आफूले प्रतिपक्षीकाे काम गरिरहेकाे समेत बताउनुभयाे । ‘म त जनतालाई हसाउन मात्रै चाहन्थे । बहुदलीय व्यवस्थामा प्रतिपक्षी दल बलियो हुनुपर्ने तर यहाँ प्रतिपक्षी पनि कम्जोर भएकाे छ । त्यसकाे जिम्मा पनि मैले लिनु परेको छ, कमेडियनहरुले लिनुपरेको छ’, उहाँले भन्नुभयाे ।

मान्छेलाई सिद्धान्तले केहि फरक नपार्ने पनि बताउनुभयाे । ‘मान्छेको बोलि, लुवाइखुवाई, शब्द चयनले पार्टी चिनिन्छ भन्थे । तर, त्यसले कुनै फरक नपर्ने रहेछ, व्यवहारले मात्रै चिनिदाे रहेछ ।’ उहाँले भन्नुभयाे, ‘आजभन्दा १० वर्ष आगाडि कम्युनिष्ट चाहिँ गरिबको पक्षमा हुन्छन् । उनीहरु चाहिँ खासै सुविधा भोगी हुँदैनन् । अनि कांग्रेस भनेको पूँजिवादीको पार्टी हो, राप्रपा भनेको रोयललिष्ट हो भन्ने युग थियाे तर, अहिले सबै एकै खालकाे देखिन्छ ।’

उहाँले हाँस्यव्यङ्ग्य सबैभन्दा पहिलाे कुराे भनेकाे हसाउनु नै भएकाे बताउनुभयाे । ‘हसाएर जनतालाई उप्रेरित गर्न सकियो भने हाँस्यव्यंगको सफलता हो’, उहाँले भन्नुभयाे, ‘पछिल्लो समय हाँस्यव्यङ्ग्यलाई एउटा म्यासेजकाे रुपमा पनि लिने क्रमको रुपमा हेरिएको छ ।’

हाँस्यव्यङ्ग्यलाई गालीकाे रूपमा हेरिन छाडेकाे र व्यंगको रुपमा लिने विकास भएकाे उहाँकाे भनाइ थियो ।

विस्तृत कुराकानी भिडियोमा


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com